अझै स्वास्थ्य संस्था जाने चेतना छैन

सामान्य उपचार नपाउँदा अनाहकमै ज्यान गुमाउने कुरा सामान्य होईन् । बिशेष गरेर दुर्गमका सुत्केरी महिलाहरु र गर्भवती महिलाहरुमा यस्तो समस्या कायमै रहेको   छ । किनकी महिलाहरुमा देखिएको न्यून जनचेतनाले अँझै मृत्युको मुखमा पुग्नुपर्ने अवस्था सृजना हुने गरेको छ ।
कलिलै उमेरमा धेरै सन्तान जन्माउने मुख्य कारणले पनि महिलाहरुमो मृत्युदरलाई बढाएको देखिन्छ ।
दैलेखको चामुण्डा गाविस ७ हाडाकोटकी ३५ बर्षिया गोरी नेपालीको जनचेतना अभावकै कारण मृत्यु भएको छ ।
गाउँका दुर दराजमा रहेका महिलाहरु कतिपयको जनचेतनामा समस्या देखिएको छ भने कतिपय पुरुषहरु कामको खोजीमा भारत जानुपर्ने बाध्यता भएपछि घरमा उचित स्याहार सुसार नभएपछि पनि महिलाहरुको मृत्यु हुने गरेको छ ।
बिशेष गरेर महिलाहरु गर्भवती अवस्था सुरुवात भएदेखि नै स्वास्थ्य संस्थाहरुमा जानुपर्नेमा नजाने प्रचलन छ । अनि स्वास्थ्य संस्था नपुग्ने र घरमै हेलचक्राई गरि परम्परागत सैलीमा गर्भवती हुँदा समेत महिलाहरुको ज्यान जाने खतरा बढीरहेको छ ।
यि सवै समस्याहरुको दिगो समाधानका लागि गाउँ गाउँमा महिलाहरुलाई सुत्केरी, गर्भवती विभिन्न अवस्थाहरुवारे जनचेतना अभिवृद्र्धी गर्नुपर्ने देखिएको छ । सवै स्थानहरुमा यसको अनिवार्यता देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार